सांस्कृतिक मेला २०८० को गोल्ड प्रायोजकको रुपमा भित्रीयो एबीसी ग्लोबल एजुकेसनल कन्सल्टेन्सी।

विज्ञान कार्की
  • ख-
  • ख+

तराइ बिद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले आयोजना गर्न लागेको सांस्कृतिक मेला २०८० को गोल्ड प्रायोजकको रुपमा एबीसी ग्लोबल एजुकेसनल कन्सल्टेन्सी भित्रिएको छ।

गोल्ड प्रायोजन सम्बन्धि सम्झौतामा एबीसी ग्लोबल एजुकेसनल कन्सल्टेन्सी पोखराका रोशन श्रेष्ठ र कार्यक्रमका सल्लाहकार ज्ञानेन्द्र त्रिपाठीले गोल्ड प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।

“यस कार्यक्रममा हामी पनि जोडिन पाउदा हर्षित छौ र यस कार्यक्रमको सफलता पूर्वक सम्पन्न गर्न शुभकामना प्रदान गर्न चाहान्छौ ” एबीसी ग्लोबल एजुकेसनल कन्सल्टेन्सी रोशन श्रेष्ठले भने।

सांस्कृतिक मेलाका अन्य पूर्वकार्यक्रमहरु आरम्भ भईसकेको छ भने फागुन २ गते सरस्वती पूजाको दिन विशेष कार्यक्रमसहित हास्य कलाकार आदर्श मिश्र, राष्ट्रीय क्रिकेट खेलाडी बिबेक यादब र गायक बिबस जेकेको बिशेष प्रस्तुतिमा समापन हुने आयोजकले जनाएको छ।

उक्त दिन विश्वविद्यालयमा साँस्कृतिक कार्यक्रमको साथमा विभिन्न प्रकारका खानाका स्टलहरु, र्‍याम्प वाक, कला, साहित्य र शिल्प सम्बन्धि स्टलहरु रहने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्