एनआरएनले २१ सदस्य सल्लाहकार समिति चयन क्यानडाबाट बुद्धि प्रकाश ओली।

समाचार बिज
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ सदस्य सल्लाहकार समिति चयन गरेको छ ।

एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो ।

क्यानडाबाट नेपाली जनसम्पर्क समिति क्यानडाका सभापती बुद्धि प्रकाश ओलीलाइ चयन गरेको छ।

“गैरआवासीय नेपाली संघ(एनआरएन)ले दिएको यस जिम्मेवारीलाइ अफ्नो  विज्ञता र शिप अनुसार सल्लाह सुझाब दिदै सधै अगाडि बढन तत्पर हुनेछु ” ओलीले भने।

एनआरएनएको सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,नरेन्द्र भाट कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके,शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका,आनन्द बिष्ट अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा,डा बिनोद शाह अमेरिका, बिमल सुवेदी कतार, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी,रोशन केसी जापान,सुवास जोशी बेल्जियम,मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम,चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल नर्वे रहेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्माले विश्वभरका गैरआवासीय अभियन्तालाई समेटेर सल्लाहकार चयन गरेको जानकारी दिए । अर्को बैठकमा आइसीसी सदस्य चयन गरिने र विज्ञ सहितको उच्च स्तरिय समिति गठन हुने जानकारी शर्माले दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्