एनआरएनए निर्वाचन:क्यानाडाबाट सहकोषाध्यक्षमा ‌ अभिमन्यु बस्नेत सर्बाधिक मतले विजयी ।

समाचार बिज
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा क्यानाडाबाट उम्मेदवारी दीएका अभिमन्यु बस्नेत सर्बाधिक मतले विजय भएका छन्।

आधिकारिक रूपमा एनआरएनए आईसीसीको सह-कोषाध्यक्षको सपथ लिइयो ।विश्वका ५९ देशका मतदाता हरुले मलाइ सर्बाधिक मतले बिजयी बनाउन हुने सम्पूर्ण मतदाता ,सहयोगिहरुलाई हार्दिक धन्यबाद ।तपाई मतदाताहरुले दीनुभएको मतले मलाई पठाऊनू भएको छ।म अवस्यपनी सो कार्य गर्ने विस्वास दिलाउदै सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछु”बस्नेतले भने।

विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका बस्नेतले सन् २०१३-१५ कार्यकालमा उनी एनसीसी क्यानाडाको उपाध्यक्ष थिए । त्यसपछि दुई कार्यकाल आइसीसी सदस्य भएर काम गरे ।

एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोटसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बस्नेतले बताए।
संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्