भी एस निकेतनले कालीकोटका दुई जनालाई छात्रवृत्ति प्रदान

विज्ञान कार्की
  • ख-
  • ख+

काठमाडौँमा अवस्थित भीएस निकेतनले दुइजना विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरेको छ।

समाजसेवी टेकराज शाहीको विशेष पहलमा कालिकोटका २ जना जेहेन्दार विद्यार्थीले प्लस टु अध्ययनका लागि विद्यार्थीलाई काठमाडौँका भिएस निकेतन मा वि, र १२ कक्षा सम्मको अध्ययनका लागि छात्रवृत्ती प्रदान गरिएको हो ।

भिएस निकेतनमा सुन्दर बम र सुचना शाही निशुल्क अध्ययनका लागि छात्रवृत्ती प्राप्त गरेका छन् । शाहीले कालिकोटका जेहेनदार विद्यार्थीका लािग यसअघिपनि प्राविधिक तथा व्यवहारीक शिक्षाआर्जन गर्नका लागि समन्वयकारी भूमिका खेल्दै आएका छन् । दुर्गम भेगका विद्यार्थीहरुले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आफु तल्लीन रहेको शाही बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्