सरकारी शिक्षकको जागिर छाडेर विद्यार्थी वच्चा स्याहार गर्दै प्रभा कुमारी

समाचार बिज
  • ख-
  • ख+

११ वर्ष अगाडी पोखरा २६ अघौमा लेकसिटी मन्टेश्वरी शुरुवाट गर्दा छिमेकीले प्रभा त वोलाएर वाल वच्चा स्याहार गर्ने काम गरीन् रे भनेर खुव खिसी गर्थे । जागिर मात्र भन्दा आफैले केहि गरौ भनेर मन्टेश्वरी स्कुल शुरुवात गर्दा धेरै असहज भएको र सवैलाई विश्वास दिलाउन अत्यन्त कठिन भएको प्रभा वताउँछिन् । शुरुवाती ताका घरघर गएर वच्चा हामी वढाउँछम् भन्दा केहो त्यो मन्टेश्वरी भन्ने जान्न हुन आउने भन्दै गाली समेत गरेको अनुभव उनि सुनाउँछिन् ।
विगत ११ वर्षको दौरानमा लेखनाथमै पुरानो र अविभाभवलाई विश्वास दिलाउन सकेकोमा आफ्नो कमाई वानेको पौडेल वताउँछिन् । हाल २२ जना शिक्षक र कर्मचारी रहको मन्टेश्वरी मा करिव १९० विद्यार्र्थी अध्ययन गर्दे आएका छन् ।
मन्टेश्वरीमानै वच्चालाई पढाउनु पर्छ भन्ने किन होला ?
मन्टेश्वरी एउटा पढाउने विधि हो । हामीले सानो कक्षा अर्थात २ कक्षा सम्मलाई मात्र मन्टेश्वरी भन्ने गर्छौ, तर कक्षा १० सम्म नि मन्टेश्वरी विधीमा विद्यार्थी पढाउन सकिन्छ । वच्चा विहान घर वाट निस्केपछी, दैनिक क्रियाकलाप गरेर घर पुग्ने वेला सम्म हामीले सिकाउँछौ ।
अरु मन्टेश्वरी भन्दा लेकसिटी के कुरामा फरक छ ?
पहिलो कुरा सवैले वढाउने मन्टेश्वरी विधी एउटै हो तर हामीले विगत ११ वर्ष देखी पढाउने दौरानमा विभिन्न वाधा आईपरे पनी हामी प्रति अविभाभकको विश्वास जितेका छौं । पुरानो मात्र भएर होइन गुणस्तरीय शिक्षा, व्यवहारीक ज्ञान सुलभ मुल्य, यो हाम्रो प्रमुख कारण हो ।
मन्टेश्वरीको भावी योजका के छ ?
अवको शैक्षिक शत्र देखी हामी कक्षा कोठा प्रविधिमैत्री वनाउँछौ । अहिलेका वालवालिका मोवाईल नहेरी खाना नै नखाने भएका छन् । यो गलत हो । मोवाईल लताएतका सामान हेर्न दिनुपरर्छ तर त्यसको समय हुन्छ, विद्यार्थीलाई दैनिक रुटिङ वनाएर पढाउनु पर्छ ।

अन्तिममा केही भन्न चहानुहुन्छ ?                                    अनि आजकल ठुलो बिद्यालयले nursery पढ्न पुर्ब पढाइने pre- nursery / play group लाई मात्र मन्टेश्वोरी भनी गलत अबधारणा फैलाइएको छ । बास्तबमा मन्टेश्वोरी भनेको Italian professor Maria Montessori ले प्रतीपादन गरेको बाल मनोबिज्ञानमा आधारित शिक्षण सिकाइ पधती हो । research ले पनि अन्य समान्य बिधि बाट पढाइका विद्यार्थीहरु भन्दा मन्टेश्वोरी पधती बाट पढाइका बालबालिकाहरुमा सृजनानत्मक क्षेमता बडी रहेको देखाउछ। यस बिद्यालयमा पढेर अन्यत्र गएका विद्यार्थीहरु ले सबै बिद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका हुँदा पनि हाम्रो बिधालय प्रती अभिभावक हरुको आकर्षण बद्द्दो छ। यहि नै हाम्रो सफलता हो । यसरि बालबालिकाको शैक्षिक एबम मनोबैज्ञानिक, बिकासमा आफुले सकेको योगदान दिन पाउदा आफू समाजको एउटा चेतनशिल नागरिकको नाता ले समाजिक बिकासमा धेरै योगदान दिन नसकेता पनि केही इट्टा थप गर्न पाएको मलाई गौरब को अनुभूति भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्