दिव्यांस ट्रेडर्स पोखरा विश्वविद्यालय सुपर कप २०८१ आयोजना हुने।

समाचार बिज
  • ख-
  • ख+

पोखरा विश्वविद्यालय फूटबल क्लबले दिव्यांस ट्रेडर्स पोखरा विश्वविद्यालय सुपर कप २०८१ आयोजना गर्ने भएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै जेष्ठको ११ देखी १८ गते सम्म आयोजना हुने प्रतियोगिता पोखरामा अवस्थित आदर्श खेल मैदानमा गर्ने जानकारी आज पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता नक आउट आधारले गर्ने र नेपालका बिभिन्ना विश्वविद्यालय र पोखरा विश्वविद्यालयको आंगिक बिध्यालय गरी कुल दस टीमले सहभागीता गर्ने जानकारी पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ ।

“भोलि देखि सुरु हुने पोखरा युनिभर्सिटी सुपर कप विश्वविद्यालयको इतिहास र नेपालको सम्पूर्ण शैक्षिक परिदृश्यमा कोसेढुङ्गाको रूपमा स्थापित हुने छ । यो एक खेलकुद प्रतियोगिता मात्र होइन; यो एकता, उत्कृष्टता र प्रतिस्पर्धाको भावनाको प्रतीक हो। विभिन्न संकाय र क्याम्पसका विद्यार्थीहरूलाई एकै ठाउँमा ल्याउँदै, सुपर कपले प्रतिभा प्रदर्शन गर्न, सौहार्दतालाई बढावा दिन र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्नको लागि एक अद्वितीय प्लेटफर्म प्रदान गर्दछ। हामी आयोजकले यस प्रतियोगितालाइ सफल पार्न अथक प्रयास गरेका छौ। सम्पूर्णको साथ सहयोग यो प्रतियोगिता अबधि रहने आशा राखेको छु “पोखरा युनिभर्सिटी सुपर कपका संयोजक बिमान प्रधानले भने ।

प्रतियोगिताको बिजेताले एक लाख एघार हजार ,उपबउपबिजेताले छसट्ठी हजार छ सय छयसट्ठी नगद पुरस्कार प्राप्त गर्नेछन साथै मैडल ,सर्टिफिकेट,ट्रफी प्राप्त गर्ने छन । त्यसैगरि म्यान अफ द म्याच, बेस्ट गोल कीपर,बेस्ट स्ट्राइकर्स ,फेयर प्ले,प्लेयर अफ द सीरीजको पुरस्कार रखिएको जानकारी पोखरा विश्वविद्यालय फूटबल कल्बका सचिब संदीप आधिकारिले जानकारी दिए ।

प्रतियोगिताको प्रमुख प्रयोजन दिव्यांस ट्रेडर्स एंड इन्जिनियरिंग कंसर्नस प्रालिले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्