एएनए सम्मेलनको लागि ९ वटा समितिहरु गठन

समाचार बिज
  • ख-
  • ख+

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा हुने आगामी जुलाई १९-२१ सम्म हुने द एसोसिएसन अफ नेपलिज इन अमेरिकाज (एएनए )सम्मेलनको तयारी द्रुतगतिमा अगाडी बढी रहेको आयोजकले जानकारी दिएका छन् ।

गत जुन १३ बिहिबारका दिन जुम (परोक्ष )को माध्यमबाट सम्मेलनको तयारी सम्बन्धी अध्यक्ष ,सम्मेलन संयोजक लगायत पदाधिकारीहरुले थुप्रै जानकारी दिए । उक्त जुम बैठक मार्फत सार्वजनिक रुपमा आयोजक समिति तथा पदाधिकारीहरुले भै रहेका गतिबिधि,गरिने कार्यक्रम र द्रुत रुपमा दैनिक रुपमा गर्दै गरेका कार्यहरुको बारेमा पालै पालो संचार माध्यमबाट जानकारी दिएका थिए ।

एएनएको इतिहासमा स्थापना काल देखि सदैव पुरुष नै सम्मेलन संयोजकमा नियुक्त हुदै आएकोमा ४१ बर्षको इतिहासमा पहिलो पटक एएनए सम्मेलन संयोजकमा सान फ्रान्सिस्को की क्रान्ति अर्याल भण्डारी महिला सम्मेलन संयोजकमा नियुक्त गरे पछि समुदायमा सकारात्मक सन्देश पुगेको छ । अमेरिकाभरि महिलाले सम्मेलन जस्तो गहन जिम्मेवारी पाएकोमा समुदायले मुक्त कण्ठले प्रसंशा गर्नुको साथै खुसी व्यक्त गरेका छन् ।

उनले जुम मार्फत आफ्नो कार्य द्रुत रुपमा अगाडी बढी रहेको भन्दै सबैलाई समेट्ने र नेपाली राष्ट्रिय सम्मेलनमा सहभागिताको लागि आह्वान गरिन । समुदायलाई सक्दो सहयोग गर्न अनुरोध पनि गरेकी थिइन् ।

त्यस्तै सम्मेलन संरक्षक इश्वर सिटौलाले अपार सफलता बनाउन कुनै कसर नछोड्ने भन्दै ९ वटा समिति बनेको बताए । दैनिक भेटघाटलाई जारी राखिएको र आर्थिक संकट आउन नदिन सहयोगको लागि बिभिन्न समुदाय,उद्यमी ,व्यवसाय तथा अन्य सँग भेटघाट गरि रहेको जानकारी दिए ।

त्यस्तै एएनएन सम्मेलन सभापति तथा एएनए अध्यक्ष खगेन्द्र अधिकारीले सबैलाई चुलो निम्तो दिए । हाल सम्म बनाईका ९ वटा समितिहरुमा कोष वृद्धि समितिका सभापति(चेयर)मा लक्ष्मण अधिकारी , सांस्कृतिक समितिको सभापतिमा सुरेन्द्र फोम्बो ,संचार तथा संचार समितिको सभापतिमा इश्वरी न्यौपाने ,स्वयम सेवक व्यवस्थापन समितिको सभापतिमा धुर्ब बस्याल ,अन्तर-संगठन सहयोग समितिको सभापतिमा इश्वर सिटौला ,खाना व्यवस्थापन समितिको सभापतिमा सुमेश रिजाल ,युवा तथा खेलकुद समितिको सभापतिमा नुरेल बराल ,प्रकाशन समितिको सभापतिमा धुर्ब थापा तथा अतिथि सत्कार तथा व्यवस्थापन समितिको सभापतिमा बिश्व भट्ट रहेका छन् ।

सान फ्रान्सिस्कोमा नेपाली राष्ट्रिय सम्मेलन हुन् भए पछि समितिमा थुप्रै जना उप सभापति तथा सदस्यहरुलाई समेटिएको छ । जुम बैठकमा एएनएका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठ ,महा सचिव लक्ष्मण प्रधान ,उपाध्यक्ष सन्तोष राज दाहाल ,सह सचिव कमल भट्टराई लगायतले छोटो आफ्ना अनुभवको साथै सबैलाई सहभागिताको लागि आह्वान गरेका थिए ।

-एनेपालीजबाट सभार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्