विद्यालय तहदेखि ब्याडमिन्टनको विकास गर्न त्रिपक्षीय सम्झौता

समाचार बिज
  • ख-
  • ख+

विद्यालय तहदेखि ब्याडमिन्टनको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच सोमबार त्रिपक्षीय सम्झौता भएको छ ।

विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि ब्याडमिन्टनको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्