डिसेमबर दुइ र तिनमा टोरन्टोमा आइ र यु ग्रुपले “दिमाग खराब”को पर्दशनी गर्ने।

विज्ञान कार्की
  • ख-
  • ख+

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को क्यानडाको आइ र यु ग्रुपले गर्ने भएको छ । यही डिसेमबरको दुइ र तिन तारिक दिउसोको तिन बजे टोरेन्टोको उडसाइड हलमा प्रर्दशनीको तयारी गरिरहेको आ ई र यु ग्रुपका सदस्य महेन्द्र सापकोटाले जानकारी दिएका छन ।

पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको सामाजीक तथा राजनितिक ड्रामा र एक साधारण व्यक्ति कसरी देशमा भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने कथा देखाइएको छ ।चलचित्र दिमाख खराबमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका छ ।

टोरेन्टो विश्वभरका कलाकारहरूको लागि प्रख्यात ठाउँ हो। हलिउड र बलिउड कलाकारहरू र फिल्म निर्माताहरूको एउटा हबको रूपमा लिइन्छ टोरन्टो ।हल्क र स्पाइडर-म्यान जस्ता चलचित्रहरू टोरन्टोमा शूट गरिएको थियो। जस्टिन बीबर, ड्रेक, वीकेन्ड, जिम केरी र अधिक टोरन्टोका हुन् । हामिले नेपाली चलचित्रलाइ हाम्रो तर्फबाट उत्तथानको लागि थोरै टेवा पुग्ने हेतुले  स्कारबोगमा पनि यस चलचित्रलाइ पर्दशनको लागि ल्याएका हौ ।आई र यू ग्रुपले ओन्टारियोमा दिमाग खराब पर्दशन गर्दैछौ पारिवारीक चलचित्रको रूपमा रहेको यस चलचित्रलाइ क्यानडामा रहनुहुने सबैले माया गर्दे हलसम्म आउनुहुनेछ भन्ने आशा राखेको ” आइ र यु इन्टरटेन्टमेन्टका डाइरेक्टर निश्चल पौडेलले जानकारी दिए। ।

लुट २’ पछिको निश्चलको पुनरागमनलाई महत्वका साथ हेरिएको चलचित्र दिमाग़ खराबले दुई सातामा ७ करोड भन्दा बढी कमाएर नेपाली चलचित्रमा राम्रो प्रतिक्रिया पाइरहेको छ।

फिल्ममा विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्का आदिको अभिनय छ । सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, बाबुल गिरी र जयन वाइबाको संगीत, राजकुमार उप्रेतीको एक्सन र कोरियोग्राफी रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर छ ।

त्यस्तै फिल्मको कूल मुनाफाको ५ प्रतिशत नेपाल क्रिकेट संघ क्यानको विकासका लागि समेत प्रदान गरिने भएको छ। यस विषयमा आइतबार निर्माता रौनक विक्रम कँडेलले र क्यानका पदाधिकारीबीच सहमति भएको छ ।

नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि आफूले यो कदम उठाएको कँडेलले बताए। क्यानसँग मिलेर फिल्मका टिमले कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं भन्ने नारा पनि बनाएको छ।

आइ र यु इन्टरटेन्टमेन्टको आधिकारीक फेसबुक पेज तलको लिंकमा

https://www.facebook.com/profile.php?id=61553939820414

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्