मिथिला युवा समाज कल्याणले सम्पन्न गर्यो ‘ महीनवारी जनचेतना तथा स्यानेटरी प्याड वितरण” कार्यक्रम, दुईसय भन्दा बढीको उपस्थिति

विज्ञान कार्की
  • ख-
  • ख+

मिथिला युवा समाज कल्याणले आज ‘ महीनवारी जनचेतना  तथा स्यानेटरी प्याड वितरण” कार्यक्रम सम्पन्न  गरेको छ।

सिरहा जिल्लाको लगदिको लगदि गदियानी माध्यमीक विधालयमा भएको कार्यक्रममा  गाउको दुई सय भन्दा बढी महिलाको उपस्थिति रहेको  आयोजकले जनाएको छ।

आज हामीले हाम्रो गाउको  महिलाहरूलाइ महिनावारिको  जनचेतनामुलक कार्यक्रम सम्पन्न गर्न सफल भएका छौ ।हाम्रो गाउमा अहिलेको २१ औ शताब्धिमा पनी  महीनाबारिको चेतना अधीकांसमा नरहेको  अवस्था छ त्यसैले हामीहरुले यस कार्यक्रम आयोजना गरेका छौ । हामीले उपस्थित महिला हरुलाई स्यानेटरी प्याडको महत्व उजागर गर्दै वितरण समेत गरेका छौ “। मिथिला युवा समाजका संस्थापक शत्रुधन साहले जानकारि दिए

कार्यक्रममा सन्स्थाका अध्यक्ष सुनील यादव ,वडाका अध्यक्ष रामचन्द्र यादव, पत्रकार र बिभिन्न विषिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्त्री रोग बीषेशज्ञ डा.देवकान्त साह,जेनेरल मेडिसीन बीषेशज्ञ  डा.सितेश साहले जनचेतना मुलक कार्यक्रमको परामर्श  गरेका थिए।

यस कार्यक्रमको संयोजक संस्थाका सचिब सुनील शाह थिए   भने कार्यक्रमको संचालन बिकाश झाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्