माउन्ट एभरेष्ट टेलीभीजन क्यानडाले नेपालमा भूकम्पबाट भएको क्षति प्रति दुख व्यक्त

समाचार बिज
  • ख-
  • ख+

माउन्ट एभरेष्ट टेलीभीजन क्यानडाले नेपालमा भूकम्पबाट भएको क्षति प्रति दुख व्यक्त गरेको छ।

गत कार्तिक १७ गते तद् अनुसार नोमेम्बर ३ २०२३ गतेको राती गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजनकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गर्दछ। भुकम्पमा परेर निधन हुनभएका सम्पुण व्यक्तिप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै घाइते भएकाहरुको उद्धार र राहतका लागी सरकारले अहिले गरिरहेको प्रयासको सहना गर्दछौ। नेपाल र नेपाली लाई परेको दखको अवस्थामा संसारभरीका नेपाली संचार माध्यम तथा संचारकर्मी साथी हरु सधै एकसाथ रहने गर्दछ । नेपाल पत्रकार महासंघ र नेपाल सरकार सगको प्रत्यक्ष समन्मध्यमा हामीले सहयोग गर्ने कार्य सुरुवात गरीसकेका छौ। साथै यस दुखद क्षणमा माउन्ट एमरेष्ट टेलिभिजन क्यानाडाले पनी आवश्यक कदम अगाडी बढाइसकेको छ। यस दुखद क्षणमा सबैले आफ्नो ठाउँबाट साथ र सहयोग गर्नुहुन पनि हार्दिक अपिल गर्दछौ “विज्ञप्तिमा जनाएको छ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्