एनआरएनए निर्वाचन:क्यानाडाबाट सहकोषाध्यक्षमा ‌ अभिमन्यु बस्नेतको उम्मेदवारी

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा क्यानाडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दीएका छन् ।

एनआरएनए आईसीसी को ११ औ अधिबेसनमा मैलै सह-कोषाध्यक्षको पदमा उम्मेदवारी दिएको छु मलाइ प्रस्ताब गर्न हुने कुवेत निबासी जीबन निरौला ,थाइल्यान्ड निवासी भिमसेन रायमाझी समर्थन गर्न  हुने यूएई  निबासी नीराजन खत्री र क्यानडाबाट सुर्य भट्टराई ज्यु लाई धेरै धेरै घन्यबाद सहित आर्थिक पारदर्शिता को साथै एनआरनए को साख बढाउन भुमिका निभाउने प्रतिबद्दता सहित साथ सहयोग को अपेक्षा गर्दै अमुल्य मत दिन अनुरोध गर्दछु” बस्नेतले भने।

विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका बस्नेतले सन् २०१३-१५ कार्यकालमा उनी एनसीसी क्यानाडाको उपाध्यक्ष थिए । त्यसपछि दुई कार्यकाल आइसीसी सदस्य भएर काम गरे ।

एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोटसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बस्नेतले बताए।
संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने उनले बताए।
गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्