एनआरएनए निर्वाचन: क्यानाडाबाट अभिमन्यु बस्नेतले दिए सहकोषाध्यक्षमा उम्मेदवारी।

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा क्यानाडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका बस्नेतले सन् २०१३-१५ कार्यकालमा उनी एनसीसी क्यानाडाको उपाध्यक्ष थिए । त्यसपछि दुई कार्यकाल आइसीसी सदस्य भएर काम गरे ।

एनआरएनएको कोषलाई सवल र समुन्नत बनाउने अठोटसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बस्नेतले बताए।
संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने उनले बताए।

अभिमन्यु बस्नेतले  गरेका एघार प्रतिबद्धता के के हून ?

१. नेपाली नागरिकता को निरन्तरता को पहल गर्ने

२.सम्पूर्ण पञ्जीकृत सदस्य हरुको मतदान गर्ने अधिकार सुरक्षित गर्ने

३.एनआरएनएलाई विश्वभरका गैर आवासीय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउन ।

४ .संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्न । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्न ।

५. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउन ।

६.सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउन । दुबई, कतार, साउदी जस्तो नेपालीहरुको जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ।

७.विदेशी लगानी नेपालमा भित्र्याउन सहयोग पुर्याउन ।

८.नेपालको  विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने छु।

९.सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्यापक जनसहभागिताको साथमा सम्पन्न गर्ने ।

१०. सरकारसंगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको छुट्टै फण्ड स्थापना गर्न ।पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउन ।

११. दोस्रो  पुस्ताका एनआरएनए हरुलाई एनआरएनएमां समावेश गर्न कार्यक्रम ल्याउने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्