एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष गौतमको सचिव पदमा उम्मेदवारी – एनआरएनए एघारौ अन्तराष्ट्रिय महाधिवेशन ।

विज्ञान कार्की
  • ख-
  • ख+

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सचिव पदमा दिपक गौतमले उम्मेदवारी दिने भएका छन ।

आगामी अक्टोबरमा हुने निर्वाचनका लागि एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष  समेत रहेका गौतमले उम्मेदवारी दिने जानकारी  दिएका हुन्।सङ्घको स्थापनाकालदेखिनै सक्रिय गौतम सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील छन्।

२०१३ -१५ को कार्यकालमा गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद क्यानडाको प्रवक्ता रहेका गौतम ।

२०१७ -१९ कार्यकालमा गैरआवासीय नेपाली संघको रक्तसंचार तथा प्रविधि हस्तान्तरण समितिको सदस्य भएर काम गरेका थिए। २०१९ -२१ मा सोहि समितिको प्रचार संयोजक र  २०२१ -२३ मा गैरआवासीय नेपाली संघ क्यानडाको अध्यक्ष भई सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेर सामाजिक व्यक्तित्वको रूपमा स्थापित छन  ।

बागलुङ्गमा जन्मिएका गौतम  सन् २०११ मा किशोर अवस्था देखी नै  क्यानडालाइ आफ्नो कर्मथलो बनाऊँदै गैरआवासीय नेपाली संघसंग संलग्न हुँदै आएका ब्यक्तित्व हून। हाल गैरआवासीय नेपाली संघको मेगा परियोजना ” रक्तसंचार घुम्ती बससेवा “कोशी प्रदेशको संयोजकको रूपमा काम गरेर संघमा अफ्नो महत्व्पूर्ण भूमिका खेलीरहेका छन्।

“क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरुका लागी सूचनामुलक कार्यक्रम, समुदायमा एकता र सद्भाव वृद्धि, खेलकुद, संस्कृति र आर्थिक पारदर्शिता लगायतका क्षेत्रमा महत्वपूर्ण कार्यहरुलाई मैले नजिकैबाट निहाल्दै सम्पन गरिसकेको छू ।गैरआवासीय नेपाली संघका विभिन्न ग्लोबल सम्मेलन, क्षेत्रिय सम्मेलनमा सहभागिता तथा अन्तरराष्ट्रिय समन्वय परिषदसंग निकट रहेर काम गरेको अनुभवको आधारमा संस्थामा गर्न सकिने सुधारका काम र दिन सक्ने आफ्नो योगदानको मूल्याँकन गरि आसन्न निर्वाचनमा गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।सबैको साथ हौसला पाउने आशा राखेको ” गौतमले भने

गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्