गठबन्धनमा प्रदेशको भागबन्डामा सहमति जुट्यो, कुन प्रदेशको नेतृत्व कसलाई ?

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । सत्ता गठबन्धनमा प्रदेशको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सहमति जुटाएको हो ।

उच्च स्रोतका अनुसार मधेसमा पहिलो कार्यकाल जसपाले चलाउने भएको छ । दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने छ ।

वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । दोस्रफ कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।

गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।  कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ ।सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ ।प्रदेश १ एमालेले पाइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्