बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

समाचार बिज
  • ख-
  • ख+

८ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

गएको मंसिर ४ सम्मपन्‍न निर्वाचनमा उनी धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए।

प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताए ।

बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्