कपिलवस्तु एमाले अध्यक्षमा खनाल विजयी

समाचार बिज
  • ख-
  • ख+

२९ वैशाख, बुटवल ।

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । पार्टीको १०औं जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

खनालले २७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी शर्माले २५३ मत प्राप्त गरेका छन् । खनाल अघिल्लो अधिवेशनमा शर्मासँगै पराजित भएका थिए । उपाध्यक्षमा भेषराज पाण्डेलाई पराजित गरी शंकर पाण्डे विजयी भएका छन् । शंकरले ३१२ मत ल्याउँदा भेषराजले २०१ मत प्राप्त गरेका छन् ।  त्यस्तैगरी सचिवमा सीबी गहतराज ३०४ मतका साथ विजयी हुंदा प्रतिस्पर्धी विश्व काकीर्ले २१२ मत ल्याए । अघिल्लो अधिवेशनमा पनि गहतराजले कार्कीलाई पराजित गरेका थिए ।

उपसचिवमा सुशिला दर्लामी र देवीबहादुर पोखरेल विजयी भएका पार्टीका केन्द्रीय निर्वाचन समिति सदस्य डा. हरि भण्डारीले बताए ।

मतदानमा ५५३ मत खसेको थियो । अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्