नयाँ वर्षको अवसरमा सामसङले ल्यायो नयाँ अफर

समाचार बिज
  • ख-
  • ख+

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर ल्याएको छ। यसअन्तर्गत ग्राहकहरूले टिभी किन्दा ३८ प्रतिशतसम्म र फ्रिज र वासिङ मेसिन किन्दा ३० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ।

ग्राहकहरूले ० प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको किन्न सक्ने छन्।

यो अफर २०८१ जेठ २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

‘१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डाका रूपमा पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल युएचडी, फ्रेम र क्युएलइडी लगायत टिभी किन्दा ३८ प्रतिशतसम्म छुट दिएको छ,’ कम्पनीले भनेको छ।

कम्पनीका अनुसार ग्राहकले आफ्नो नागरिकता पेस गरी ५५ इन्च वा त्योभन्दा ठूलो टिभी किन्दा तत्काल कर्जा पाउन सक्ने छन्। त्यस्तै इन्स्टा फाइनान्स सेवामार्फत इएमआई १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन्।

४३ इन्च वा सोभन्दा सानो टिभी किन्दा इएमआई तिर्न १२ महिनाको अवधि पाउने छन्।

सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी दिएको छ। यसको साथै कुनै पनि सामसङ टिभी किनेर त्यसका निम्ति साउण्डबार किन्दा त्यसमा पनि छुट दिएको कम्पनीले जनाएको छ।

ग्राहकले छानिएका सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल युएचडी टिभी किन्दा साउण्डबार सित्तैमा पाउने छन्।

ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभी किनेको भए ग्यालेक्सी ए.१५ (८/१२८) मोबाइल किन्दा पाँच हजार रूपैयाँ छुट पाउने छन्।

नयाँ वर्षको अवसरमा फ्रिज र वासिङ मेसिन किन्दा ३० प्रतिशतसम्म छुट कम्पनीले दिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्