कामना सेवा विकास वैकद्धारा विद्यालयलाई सहयोग

समाचार बिज
  • ख-
  • ख+

कामना सेवा विकास वैकले पोखरा २७ ज्यामिरकुनामा रहेको लक्ष्मी आदर्श माविलाई सहयोग गरेको छ । वैकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुर्याउन वैकले नगद २ लाखको अक्षयकोष प्रदान गरेको हो । कार्यक्रममा वोल्दै वैेकका गण्डकी प्रदेश प्रमुख विष्णु प्रसाद गौतमले वैंकले विद्यालयमा सहयोग गर्न हातेमालो गर्न पाउँदा अत्यन्त खुशी भएको र यसले गरिव तथा जेहेन्दारविद्यार्थीहरुले पढ्न पाउने हुँदा उनीहरुको भविष्य उज्वल हुने पनि वताएका थिए । विद्यालयको ५० वर्षको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहयोग गरेको भन्दै विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले वैक प्रति आभार व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्