नेपाल ए ले हरायो क्यानडा ११ लाई

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेपाल ए ले क्यानडा ११ लाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको दोस्रो खेलमा नेपाल ए ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको हो ।

क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए ।

बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए  ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २–२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए ।

यो नेपाल ए टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा ११ बीचको श्रृंखलामा १–१ को बराबरी गरेको छ । अब श्रृंखलाको अन्तिम खेल तथा निर्णायक खेल बिहीबार हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्