वर्ल्डलिंककले ल्यायो स्मार्ट कोम्बो डिल

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं, ८ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले  स्मार्ट कम्बो डिल  नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।
यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १।१ राउटर समेत निःशुल्क पाउनेछन ।

यो अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ । थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिनेछ वा वर्ल्डलिंकको अनलाईन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिनेछ ।
यो अफर सिमित अबधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्