गोगन माध्यमिक विद्यालयको ५६ औ वार्षिकोत्सव अभिभावक

समाचार बिज
  • ख-
  • ख+

पोखरा ३२, गगनगौडा
पौष २५
पोखरा महानगर पालिका वडा नं ३२ गगनगौडामा अवस्थित श्री गोगन माध्यमिक विद्यालयको ५६ औ वार्षिकोत्सव अभिभावक दिवास एवं पुरस्कार वितरण दिवस विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षता एवं पोखरा महानगर पालिकाको मेयर धनराज आचार्यको प्रमुख आथित्यतामा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा वोल्दै सामुदायिक विद्यालय तर्फ उत्कृष्ठ नतिजा निकाल्न सफल यस विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै, विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई शुभकामना साथमा यस विद्यालयको आर्थिक भौतिक सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

साथै सो कार्यक्रममा पोखरा शिक्षा महाशाखाका वरिष्ठ अधिकृत वद्री सुवेदीले समेत शुभकामना मन्तब्य दिएका थिए । विद्यालयमा स्थापित चन्द्ररत्न, वादल स्मृति , स्व.कविराम, त्रिलोचन सिता एवं स्व.कृष्ण द्धा स्मृति अक्षयकोषको पुरस्कारवाट विभिन्न शिक्षक कर्मचारी एवं विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । विद्यालयको समग्र आय ब्यय, एवं आगामि कार्ययोजना विद्यालयका प्रधानाध्यपक मोहनराज वरालले प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा विद्यार्थीहरु द्धारा सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । विद्यालयका अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङवाट समापन गरिएको सो कार्यक्रम विद्यालयका शिक्षक द्धय विनोद भण्डारी र गिता थापाले सञ्चालन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्