भिस्ताराले थप्यो काठमाडौं–दिल्ली उडान

समाचार बिज
  • ख-
  • ख+

भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली उडान थपेको छ। यसअघि दैनिक एउटा उडान गर्दै आइरहेको भिस्ताराले अब दैनिक दुइटा उडान गर्ने जनाएको छ।

भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराले बुधबार (नोभेम्बर १) देखि उडान थपेको हो।  यसअघि भिस्ताराले काठमाडौं–मुम्बई र काठमाडौं–दिल्ली दैनिक उडान गर्दै आएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भिस्ताराले हाल मुम्बइतर्फ बन्द गरेर दिल्लीतर्फ उडान संख्या बढाएको हो।

यससँगै अब काठमाडौं–दिल्लीका लागि भिस्ताराले सातामा १४ उडान गर्ने भएको छ। भिस्ताराको ‘ए३२० नेओ’ जहाज दिल्लीबाट काठमाडौंका लागि बिहान ७:४० बजे उड्नेछ भने ९:४० मा काठमाडौंमा अवतरण गर्नेछ।

त्यस्तै, काठमाडौंबाट दिल्लीका लागि १०:४० बजे उड्नेछ। उक्त जहाज १२:१० मा दिल्लीमा अवतरण गर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्