रोट्र्याक्ट ३२९२ को अध्यक्ष-सचिव भेला सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

रोट्र्याक्ट अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानको रोटा वर्ष २३-२४ को प्रथम अध्यक्ष-सचिवहरुको भेला विभिन्न महत्वपुर्ण निर्णय गर्दै भैरहवामा सम्पन्न भएको छ। देश भरिका १३१ क्लबहरुबाट उलख्य संख्यामा रोट्र्याक्टर हरुको उत्साहाजनक सहभागिता रहेको थियो।

संस्थाको नियमित वार्षिक कार्यतालिका अनुरुप संचालन गरिएको कार्यक्रमलाई रोट्र्याक्ट क्लब अफ भैरहवले होस्ट गरेको थियो।

कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको थियो। उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका प्रमुख आमिक सेरचनले सम्बोधन गर्नुभएको थियो। बन्दसत्रमा भने विभिन्न प्रस्तवहरुमा छलफल भएको थियो।


उपस्थित अध्यक्ष र सचिवहरुले प्रस्तवहरुमा टिप्पणी गरी मतविभाजन मार्फत प्रस्तावहरुलाई पारित गरिएको थियो।

कार्यक्रमलाई डिआरआर रो.रोशन कार्की, डिआरआर इलेक्ट रो.विक्रम छेत्री, डिआरसी चीयर रो. नारायण कृष्ण खरेल, डिआरसी को चेयर रो.शुशिल कुमार कार्की, जिल्ला सचिव शुशान धिताल लगायतले सम्बोधन गर्नुभएको थियो।भेलाले रोट्र्याक्टमा कृयाशिल सदस्यहरु विच फेलोसीपको वातावरण स्रिजना गर्नुका साथै रोटरी ईन्टरनेश्नलद्वारा निर्दिष्ट गरिएका उद्देश्य तथा लक्ष्या प्रप्तीका लागि टेवा पुर्याएको डिस्ट्रोक्ट पब्लिक ईमेज च्यर रो. रमिन घिमिरेले जनाएका छन्।

संस्थाको अत्यन्तै महत्वपुर्ण मानिने आगामी कार्यक्रम जील्ला सम्मेलन काठमान्डौको प्रज्ञा प्रतिस्ठान भावनामा आयोजना गरिने बाताईएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्