पोखरा विश्वविद्यालयका पनेरु हल्ट प्राइज नेपालको डिप्युटी कन्ट्री कोर्डिनेटरमा नियुक्त ।

विज्ञान कार्की
  • ख-
  • ख+

हल्ट प्राइज नेपाल २०२३/२०२४ का लागी पोखरा विस्वविद्यालयका किशोर पनेरु “डिप्युटी कन्ट्री कोर्डिनेटर ” मा नियुक्त भएका छन।

२३ वर्षीय कन्चनपुर घर भएका पनेरु हाल पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दैछन।

पोखरा बिस्वविद्यालयमा २०२२/२०२३ मा हल्ट प्राइजमा महाप्रबन्धक ,२०२१/२०२२ मा डाटाबेस एसोसिएट भएर काम गरिसकेका पनेरु आज डीप्युटी कन्ट्री कोर्डिनेटरको जिम्मेवारि पाउदा ख़ुशी भएको बताउँछन्।

” आफुले यो जिम्मेवारि पाउदा आउने दिनमा हल्ट प्राइजको यात्रालाई  सूक्ष्म ढंगले बुझने मौका पाउनेछु मलाई यस यात्रा सम्म पुर्याउन साथ दिनु हुने सम्पूर्ण अग्रज ब्यक्तित्वहरु र हल्ट प्राइज फाउन्डेशन परिवार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आउने दिनमा  नेपालमा रहेका बिभिन्न  अन्न क्याम्पस हल्ट प्राइजहरु संग सम्म्नवय गर्दै र उहाहरुको साथ सहित अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्द्छु ” पनेरुले भने ।

विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यो प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो  जसका लागि फाउन्डेशनले बिभिन्न देशमा कार्यक्रमको  समन्वय गर्नका लागी हरेक वर्ष कंट्री कोर्डिनेटर नियुक्त गर्ने गर्दछ।

स्विडेनका अर्बपति बर्टिल हल्टद्धारा स्थापित हल्ट बिजनेश स्कुलका एमबीएहरुको अग्रसरतामा स्थापित यो पुरस्कार विजेता टिमलाई सामाजिक उद्यम सञ्चालनको लागि बीउ पुँजीको रुपमा १० लाख अमेरिकी डलर पुरस्कार दिइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्