नेविसंघको असन्तुष्ट पक्षसँग चार बुँदे सहमति

समाचार बिज
  • ख-
  • ख+

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ विस्तार गरेपछि असन्तुष्ट बनेको पक्षसँग चार बुँदे सहमति भएको छ।

आइतबार भएको सहमतिमा नेविसंघको केन्द्रीय तदर्थ समिति एक साताभित्र थप विस्तार गर्ने, तदर्थ समितिको पहिलो बैठकबाट १२ औं महाधिवेशनको यथोचित कार्यतालिकासहित मिति घोषणा गर्ने, संगठभित्र समावेशी हिसाबले नेता कार्यकर्ताको व्यवस्थापन गर्ने र असन्तुष्ट पक्षले गरेको रिले अनसन तोड्ने बुँदा समावेश गरिएको छ।

सभापति देउवाले साउन २२ गते नेविसंघ विस्तार गरेका थिए।

नेविसंघ असन्तुष्ट पक्षले विधानविपरीत सभापति देउवाले नेविसंघको जम्बो केन्द्रीय समिति बनाएकोमा विरोध गरिरहेका थिए।

२०७३ सालदेखि नेविसंघको नियमित अधिवेशन हुन सकेको छैन। कांग्रेसले नेविसंघ तदर्थ समिति गठन गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्