विश्व हिन्दु युवा संघ द्वारा विश्वबन्धुत्वकोलागी बृहत बृछ्यारोपण कार्यक्रम

समाचार बिज
  • ख-
  • ख+

विश्व हिन्दु युवा संघ गण्डकी प्रदेश समिति र प्राकृतिक बगैंचा एण्ड नर्सरी फर्म एवं माछापुछ्रे गाउँपालिका वार्ड न ५ र ८ का स्थानीय युवा क्लबको संयोजकत्वमा “गाई, गोरक्क्ष्यनाथ, गाउँ, ज्ञान, र गाँजा ” ५ ग सिद्दान्तलाई आधार बनाई ” बसुधैब कुटुम्बकम” र ” खोजि मौलिकताको , अभियान सम्मृधिको” भन्ने मूल नाराका साथ् , विश्व बन्धुत्व , बन्यजन्तु , बनस्पति र कृषिका निम्ति युवा जागरण तथा संगठन बिस्तार कार्यक्रम माछापुछ्रे गाउँपालिका वार्ड न ५ अवस्थित रिवान हुन्ग्दी स्वास्थ्य चौकी भवनमा संघ का सदस्य मिलन पौडेलले हिन्दु युवा संघ हालको जातीय द्वन्दलाई नकार्दै देश मा सम्पूर्ण जात जाति धर्म र सम्प्रदायका जनजाति, दलित, ब्राह्मण, छेत्री मिलेर ओम कार सनातनी परिवार जस्तै मिलेर धर्मलाई राजनीतिसंग अलिक परे राखेर हाल देश मा भैरहेका विभिन्न जातीय अराजकता र बिकृति रोक्नका लागि बिस्व हिन्दु युवा संघ सधै तत्पर रहेको र विसं परिस्थितिमा नेपालमा पनि यस्तै जातीय विभेद बढ्दै गयो भने छिटै भारतको मणिपुर जस्तै धरान काण्ड बन्ने छ र अर्को जन आन्दोलन हुने र बिदेशी दलाल र समन्तिबाद हरु बैदिक सनातनी धर्मलाई नासेर नेपाललमा ईशाई लाइ प्रोत्शाहन गर्दै भोलि हाम्रो संस्कृति, भाषा , बेद , गीता , चाडपर्ब नै समाप्त हुने र हाम्रो भावी सन्ततिलाई पनि अन्धकार तिर धकलिदिने स्थिति बन्ने छ भनि आफ्नो मन्तव राख्दै बृछ्यारोपण कार्यक्रमको उद्घाटन गर्नु भएको हो। कार्यक्रम मा कृषि उद्धम्शील युवा रेशम लामिछाने द्वारा उहाको आफ्नै फर्म बाट करी ५० संख्यामा विभिन्न प्रजातिका बिरुवा उपलब्ध गराउनु भएको हो। कार्यक्रम मा स्थानीय हुम्दी टोल बिकाश संस्थाका अधक्ष्य लिलु प्रशाद लामिछानेले उक्त बृछ्यारोपण स्थल करिब ५० रोपनी सार्बजनिक जग्गा भएकाले भबिस्यमा गण्डकी प्रदेश मन्त्रालय बाट बजेट आएको हकमा स्थानीय पदाधिकारी संग सम्वनय गरेर उक्त जग्गामा गौशाला र गुरुकुल निर्माण गर्नकालागी आतुर रहेको जानकारी दिनुभएको छ। कार्यक्रममा , रेशम लामिछाने को संयोजकत्वमा तदर्थ ५ सदस्य , विश्व हिन्दु युवा संघ वडा समिति माछापुछ्रे गा पा पनि गठन गरिएको छ। कार्यक्रम को संचालक किशोर घिमिरे तथा संघ गण्डकी प्रदेश सदस्य हरु क्रमश सागर पौडेल ,सन्तोष बानिया , प्रकाश चन्द्र अधिकारी , प्रताप जंग गुरुङ आदिको उपस्थितिमा केन्द्रिय सदस्य ई पं मिलन पौडेलको नेतृत्वमा समापन भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्