श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएकामा निजी क्षेत्रको विरोध, सीएनआईले भन्यो- दिन सकिँदैन

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएकामा निजी क्षेत्रले विरोध गरेको छ। नेपाल उद्योग परिसंघ(सीएनआई)ले
अर्थतन्त्र मन्दीमा रहेका बेला सरकारले एकतर्फी रुपमा पारिश्रमिक बढाएको भन्दै निजी क्षेत्र दिन सक्ने अवस्थामा नरहेको बताएको छ।

सीएनआईले प्रेस विज्ञप्ति जारी गरी उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन लगायत कारण निजी क्षेत्रको मनोबल घटेका बेला पारिश्रमिक बढाइनु गलत भएको बताएको छ। सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक साउन १ देखि लागू हुने गरी २ हजार ३०० रुपैयाँ बढाएर १७ हजार ३०० रुपैयाँ पुर्‍याइएको सूचना बिहिबार राजपत्रमा प्रकाशित गरेको थियो।

सीएनआईले प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएकाले उद्योगले लगानीका योजना नै स्थगन गरेका बेला बढाइएको पारिश्रमिक दिन सकिँदैन भनेको छ।

‘श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ’, विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगले कसरी थेग्ने?’

सीएनआईले समग्र बजारमा माग बढाउने नीति अलम्बन गर्न गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्