गरिमाले ल्यायो सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा योजना

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘ आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ ।

११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने कार्यालयमा सम्पर्क गर्न सकिने सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बताए । हाल गरिमाले देशभर १ सय २१ शाखा, ५० एटिएम र डिजिटल बैंकिङ मार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्