कामना सेवा विकास वैंकको वित्तीय विवरण प्रकाशन, खराव कर्जामा सुधार

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले ४३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण वमोजिम गत त्रयमासको तुलनामा खराव कर्जामा सुधार भएको देखिन्छ । आ.व. ७९/८० को तेश्रो त्रयमासमा ३.२७ प्रतिशत रहेको खराव कर्जा चौथो त्रयमासमा घटेर २.९८ प्रतिशत रहेको छ । बैंकको वेसरेट समेत तेश्रो त्रयमासको तुलनामा घटेको देखिन्छ । १२.५६ प्रतिशत रहेको वेसरेट घटेर ११.९३ प्रतिशत कायम भएको देखिन्छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । तर, संचालन खर्च तथा इम्पेरमेन्ट चार्ज वृद्धि भएपछि नाफा घटेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले वृद्धि २ अर्ब १६ करोड ५० लाख रुपैयाँ कायम भएको छ। बैंकको कुल संचालन आम्दानी पनि ४.५५ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ बढी पुगेको छ ।

समिक्षा अवधिमा बैंकले ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, अघिल्लो आवको तुलनामा भने बैंकको नाफामा २६.९३ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले ५९ करोड बढी नाफा कमाएको थियो ।

यता, संचालन नाफा भने २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्