मर्जमा गएका यी १० कम्पनीको एकिकृत कारोबार असार मसान्त भित्रै

समाचार बिज
  • ख-
  • ख+

मर्जर तथा प्राप्तिमा गएका १० वटा कम्पनीहरुले यहि असार मसान्त भित्र नै एकिकृत कारोबार गर्ने तयारी गरेका छन् । असार २९ देखि असार ३१ सम्ममा १० वटा कम्पनीले एकिकृत कारोबार गर्ने तयारी गरेका हुन् ।

यसरी एकिकृत कारोबार गर्नेमा बैंक, लघुवित्त र बीमा कम्पनी रहेका छन् । १० वटा रहेका यी कम्पनी ५ वटामा कायम हुने छन् ।

१. लक्ष्मी बैंक र सनराइज बैंक

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर  २०८० असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गर्ने भएका छन् । लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । यी दुई बैंक  समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन लागेका हुन् ।

२.  राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्त

मर्जर तथा प्राप्ति पछि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तले असार ३१ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।  आशा लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो  । दुवै संस्थाको असार १६ गते अस्म्पन्न विशेष साधारणसभाले मर्जर त्तहा प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ तथा नेपाल धितोपत्र बोर्डले असार २६ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले असर २७ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो  । यस संगै आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेर आशा लघुवित्तको नामबाट असार ३१ देखि एकिकृत कारोबार सुरु हुनेछ । समान हैसियत अर्थात् १:१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्न लागेको हो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानकाे केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

३. नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्ज भएपछि असार ३० गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । नेशनल लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको हो । असार ३ गते दुवै संस्थाले आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । यी २ संस्था १:०.७३  को स्वापमा मर्ज हुन लागेका हुन् । अर्थात् १०० कित्ता शेयर हुने नेशनलका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीमा १०० कित्ता नै शेयर पाउने छन् भने समीटमा १० कित्ता शेयर हुने लगानीकर्ताले मर्जर पछि बन्ने कम्पनीमा ७३ कित्ता शेयर पाउने छन् ।   मर्जरपछि बन्ने नेशनल लघुवित्तको केन्द्रीय कार्यलय बनेपामा रहने छ ।

४. नयाँ सारथी लघुवित्त र विजय लघुवित्त

नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले असार ३१ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । विजय लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो । २०७९ चैत्र २८ गते दुवै संस्थाले आफ्नो साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डले असार २१ गते मर्जरको लागि अन्तिम स्वीकृति पाएका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले असर २४ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएपछि असार ३१ गतेबाट एकिकृत कारोबार हुन लागेको हो । यी दुई संस्थाबीच २०७९ मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो । यी २ संस्था १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । मर्जरपछि बन्ने विजय लघुवित्तको केन्द्रीय कार्यलय धुलिखेलमा रहने छ ।

५. महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सले असार ३१ गतेबाट एकिकृत कारोबार गर्दै छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।  प्रभु लाइफ र महालक्ष्मी लाइफबीच २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ  ३ गते अन्तिम सहमति भएको थियो । दुवै कम्पनीको जेठ २६ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले जेठ २९ र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो । यी दुई कम्पनी समान हैसियत अर्थात् १:! को स्वापमा मर्ज हुन लागेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्