जेसिए फुटसल कपको उपाधी गोगन माबिलाई

समाचार बिज
  • ख-
  • ख+

पोखरा-२६ बुढिबजारमा रहेको जुनियर सिटिजन्स एकेडेमी(जेसिए) द्वारा आयोजित जेसिए फुटसल कप-२०८० को उपाधी गोगन माबिले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा गोगन माबिले मेरिगोल्ड स्कुल पोखरालाई ४-० गोल अन्तरले हराउदै च्याम्पियन बनेको हो।
गण्डकी प्रदेश स्तरिय उक्त अन्तर माबि फुटसल प्रतियोगितामा बिभिन्न बिधालयका ६३ वटा टिम सहभागी रहेका थिए । त्यसै गरी प्रतिभा माबि ले तनहुको ज्ञान बगैचा स्कुललाई ट्राईब्रेकरमा हराउदै तृतीय भएको छ। प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश २० हजार, १० हजार र ५ हजार सहित मेडल र ट्रफिले सम्मानित गरिएको छ। असार २१ देखी २३ गते सम्म जेसिएको फुट्सल कोर्टमा सन्चालित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडि गोगन माबिका सरमन त्रीपाठी र उत्कृष्ट गोलकिपर गोगनकै कृश गुरुङ्ग हुन सफल भएका छन भने ज्ञान बगैचाका प्रमिश मगर सर्बाधिक १० गोल गर्ने खेलाडि बन्न सफल भएका छन । खेल अबधीभर खेलाडिहरुले अनुशासनपुर्बक खेल प्रदर्शन गरेको औल्याउदै प्रतियोगिता सफल रुपमा सम्पन्न भएको जेसिएका प्रीन्सिपल सुन्दर प्रसाद ढकालले बताउनु भयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्