फेरि घट्यो हवाई भाडा, कहाँ कति कम ?

समाचार बिज
  • ख-
  • ख+

काठमाण्डाै – नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ । हिजो साेमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हाे । यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो । सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर–नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला–फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ–धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाण्डौ–नेपालगञ्जको चार सय ५५, विराटनगर–भैरहवाको चार सय ५०, पोखरा–धनगढीको चार सय ७५ र काठमाण्डौ–सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ–भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा–नेपालगञ्जको तीन सय ३०, काठमाण्डौ–जनकपुरको एक सय ८० र काठमाण्डौ–भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ ।

घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्