समाजबादको सुदृढिकरण विषयक प्रशिक्षक प्रशिक्षण सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

सामाजिक उद्यमशिलताको अभियानलाई टेवा पुराउने उद्धेश्य सहित युवा तथा महिलावर्ग र सामाजिक अगुवाहरुलाई लक्षित गरी ‘समाजबादको सुदृढिकरण ः उद्यमशिलता, सुशासन, सहअस्तित्व’ विषयक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मिति २०८० आषाढ १५ देखि १७ सम्म सञ्चालित कार्यक्रममा विभिन्न राजनैतिक दलका अगुवा, सामाजिक कार्यकर्ता, सामाजिक उद्यमी महिला पुरुष गरी कूल ३५ जनाको उपस्थिति रहेको थियो । पोखरा कृषि पर्यटन एकेडेमी तथा अनुसन्धान केन्द्र, पोखराको आयोजना र पोखरा महानगर पालिकाको सहयोगमा माछापुच्छ«े गाउँपालिकाको धम्पुसमा प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको हो ।समुदायका बेरोजगार युबाहरुमा उद्धमशीलताको बिकास गर्न र राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कसरी उत्पादनसग जोडेर नेपालको संविधानले ब्यवस्था गरेको समाजबाद उन्मुख समाजको परिकल्पनालाई साकार पार्नका लागि सहयोग गर्ने सकिन्छ भन्ने उद्देश्यका साथ उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । समुदायको तल्लो तह सम्म पुगेर उल्लेखित बिषयहरुमा प्रशिक्षण दिनका लागि तालीमका सहभागीहरुले छलफल परामर्श र कार्यशालको उपलब्धिको रुपमा उद्यमशिलता सम्वन्धी तालिम पुस्तिका निर्माण गर्दै छन् । बिषय विशेषज्ञहरुको सहजीकरणका साथ तयार हुने उक्त तालिम पुस्तिकाकमा समाजबादको लक्ष्य प्राप्तिका निम्ति सुशासनको महत्व,समाजबादका लागि बित्तीय साक्षरता, बिद्यालय शिक्षामा उद्यमशील माइन्ड्सेट पाठ्यक्रमको आवश्यकता र राजनैतिक पार्टीका नेता कार्यकर्तालाई कसरी उत्पादन सग जोड्न सकिन्छ भन्ने विषयहरु समावेश गरिनेछ ।

प्रशिक्षक प्रशिक्षण मा सुक्ष्म सत्र को अवलोकन पश्चात श’भकामना मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सेना ले उद्यमशिलताको यो अभियानलाई विभिन्न पार्टीहरुले अंगिकार गर्दा समाजबादको यात्रा सहज ह’ने बताउन’ भयो । आगामी दिनमा महानगरले यस्ता कार्यक्रमलाई नीति तथा योजनामा समावेश गरी अघि बढ्ने प्रतिबद्धता पनि उहाँको थियो । तीन दिने कार्यक्रमलाई राजु नेपाल, बावुराम आचार्य र किशोरदत्त बरालले सहजीकरण गर्न‘भएको थियो भने पार्क नेपालका डाईरेक्टर स’रेन्द्र बाव’ तिवारीले तालीमको संयोजन गनृ‘ भएको थियो ।
तालीम पाठ्यसामाग्री पोखरा महानगरपालिका , महानगरपालिकाका सबै वडा कार्यालयहरु, कास्की जिल्ला स्थित सबै गाउपालिकाहरु , सबै राजनैतिक पार्टीहरुलाई उपलब्ध गराएर समाजमा उत्पादन मैत्री र उद्धमशील बाताबरण निर्माण गर्ने उद्देश्य रहेको तालीम संयोजक तिवारीले बताउनु भयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्