जेसिए स्कुलमा स्काउटकाे फ्रेन्डसिप क्याम्प

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ २२ वैशाख
नेपाल स्काउट पाेखरा महानगरले २ दिने फ्रेन्सिप क्याम्प गरेकाे छ । पाेखरा २६ वुढीवजार स्थित जेसिए स्कुलमा क्याम्प आयाेजना गरेकाे छ । कार्यक्रममा वाेल्दै प्रमुख अतिथी कास्की क्षेत्र नं १ का सघिय सासद् मन वहादुर गुरुङले स्काउटले माया सद्भभाव सृजनशिल काममा लगाउन उच्च भुमिका खेलेकाे वताए । सुन्दर देश नेपालमा जन्मिएका हामी अत्यन्त भाग्यमानी रहेकाेले देशकाे विकासमा सवै विद्यार्थीकाे याेगदान उत्तिकै महत्वपूर्ण रहेकाे कुरा व्यक्त गरे ।

शुभकामना मन्तव्य स्काउट वृद्धि संयाेजक अरुण शर्मा काफ्ले, प्रदेश स्काउट कार्यलय अधिकृत विजय पाैडेल
४ वटा विद्यालय अन्तर्गत जुनियर सिटिजन एकेडेमी, अमरसिद्ध नमुना मावि, सैनिक आवासिय मावि र कालिका मावि वाट १२० जना विद्यार्थी क्याम्पमा सहभागी गरेका छन् । स्वागत मन्तव्य नेपाल स्काउट पाेखरा नगर संयाेजक सुविन तिमिल्सिना तथा सञ्चालन शर्मिला कडेलले गरेकी थिईन् । साेहि कार्यक्रम जेसिए का प्राचार्य सुन्दर ढकालकाे अध्यक्षतामा सम्पन्न भएकाे विद्यालयका स्काउट संयाेजक सुर्य भट्टराईले जानकारी  दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्