पाँचाै ओशियाना नेपाली खेलकुद मिटमा साउथ विजयी भएका खेलाडीहरुलाई एडिलेडमा (एन्काले) गर्याे सम्मान

समाचार बिज
  • ख-
  • ख+

अष्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न पाचौ ओशियाना नेपाली खेलकुद मिटमा साउथ अष्ट्रेलियाबाट सहभागी विजयी भएका खेलाडीहरुलाई एडिलेडमा (एन्काले) सम्मान गरेको छ।

(एन्का)द्वारा आयोजित कार्यक्रममा क्रिकेट, लन टेनिस, दौड तथा गल्फका खेलाडीहरुलाईम्यारियन काउन्सिलकी काउन्सिलर एवं एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, लनटेनिसका लागि साउथ अष्ट्रेलियाकाटोली नेता सामाजिक अगुवा नविन कडेल तथा एन्का अध्यक्ष विजय जोशीले खादा अविर लगायर सम्मान गरेका थिए ।

कार्यक्रममा पुर्वघोषणा अनुसार एक्सपट एजुकेश तथा भिषा सर्भिसेज एडिलेडका निर्देशक रुपक वर्तौला जनही अष्ट्रेलियन डलर दुई समय पचाससहित क्रिकेटका उत्कृष्ट खेलाडी उमेश वडु र लन टेनिसमा दुइ पदक जित्न सफल भेष थापालाई सम्मान गरेका थिए ।काउन्सिलर लामाले खेलाडीहरुलाई बधाई दिदै आगामी छैठौ ओशियाना खेलमा टिम साउथ अष्ट्रेलिया थप सफलताका प्राप्त गर्नेबिश्वास लिएको बताईन । कार्यक्रममा ओशियाना नेपाली खेलकुद मिटका बारेमा समिक्षात्मक टिप्पणी गर्दै लन टेनिसका टोली नेताकडेलले बिजयी खेलाडीहरुलाई बधाई दिएका थिए ।

स्थानिय अक्ल्याण्ड पार्कमा वार्विक्यु सहित आयोजित बधाई तथा सम्मान कार्यक्रममा साउथ अष्ट्रेलिया नेपाली समुदायका अगुवा तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्