साढे अठार करोड बढी भ्रष्टाचार मुद्दामा गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं — नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध भ्रटाचार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । भ्रष्टाचार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।

सोमबार न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

२०७५ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सरकारले २०७४ साल असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम खड्कालाई पदच्युत गरेको थियो । मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्