नेपलीज क्यानडा क्रिकेट क्लब (एनसीसी) का टिमद्वारा खेलकुद मन्त्री पास्केल सेन्ट-ओन्ज ब्रोम-मिसिसकोइलगायत धेरै स्थानीय तथा राष्ट्रिय क्रिकेट नेताहरूसँग बैठक

समाचार बिज
  • ख-
  • ख+

नेपलीज क्यानडा क्रिकेट क्लब (एनसीसी) का अध्यक्ष किरोज श्रेष्ठ, उपाध्यक्ष अमृत थापा र सचिव विनय यादवले क्यानडाका खेलकुद मन्त्री पास्केल सेन्ट-ओन्ज ब्रोम-मिसिसकोइलगायत धेरै स्थानीय तथा राष्ट्रिय क्रिकेट नेताहरूसँग बैठक समपन्न भएको छ।

क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दासानायके, क्रिकेट क्यानाडा मास्टर्स काउन्सिलका उपाध्यक्ष इंग्लटन लिबर्ड, ओन्टारियो क्रिकेट संघका प्रशिक्षक अक्षय पाण्डे, सुश्री दशी, क्यानडाका राष्ट्रिय खेलाडी हर्ष ठाकर र केही स्थानीय तथा राष्ट्रिय क्रिकेट नेताहरुको उपस्थिति रहेको थियो ।

भेटमा एनसीसीका उपाध्यक्ष अमृत थापाले अन्तर्राष्ट्रिय विद्यार्थी र नयाँ आप्रवासीहरूलाई क्रिकेटसँग सक्रिय जीवन प्रदान गर्न क्लबले गरेको सहयोगलगायतका गतिविधिहरू प्रकाश पारे।

एनसीसीका सचिव विनय यादवले क्यानडामा तीव्र गतिमा बढ्दै गएको खेलको गति समात्न नसकेको क्रिकेट मैदानको परिमाण र गुणस्तर उल्लेख गरे । शयादवले क्रिकेट मैदानमा चेन्जिङ रुमजस्ता थप सुविधाको माग पनि उठाए ।

एनसीसीका अध्यक्ष किरोज श्रेष्ठले क्यानडाको क्रिकेट हब ब्राम्पटन सहरमा अन्तर्राष्ट्रिय खेलहरू ल्याउने विचार साझा गर्नुभयो। श्री श्रेष्ठले क्यानडामा फ्यानमा आधारित क्रिकेट निर्माण गर्न र टाढाको खाली क्रिकेट मैदानमा भन्दा पनि क्रिकेट हब सिटीमा अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्ने महत्त्वको वकालत गरे।

स्थानीय र राष्ट्रिय स्तरमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि राष्ट्रिय तथा स्थानीय क्रिकेट नेताहरूले मन्त्रीसँग अन्य धेरै नवीन र रचनात्मक विचारहरू साझा गरेका थिए।

उत्कृष्ट कार्यक्रमको आयोजना गर्ने र आउने दिनमा क्यानाडा क्रिकेटलाइ अगाडि बढाउन र आफ्नो सहयोग रहने
ब्राम्पटन साउथका माननिय संसद सोनिया सिद्धुले बाचा गरेका थिय ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्