पशुपति क्षेत्र विकास कोषमाथि छानबिन गरी कारबाही गर्न अख्तियार पठाउने निर्णय

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेकाे छ ।

पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो ।

पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी संकलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्