सलिको सीइओमा चंकी क्षेत्रीलाई बीमा प्राधिकरणले दियो स्वीकृति, ४ वर्ष पदावधि

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री नियुक्त भएका छन्। नेपाल बीमा प्राधिकरणले क्षेत्रीलाई सीइओ नियुक्तिको स्वीकृति दिएको हो।

कम्पनीको संचालक समितिले क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतको लागि प्रस्ताव गरेको थियो। क्षेत्री चार वर्षका सो कम्पनीमा सीइओ भएका छन्।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले मर्जर पछि गत फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्।मर्जर अघि उनी सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए। क्षेत्री नेपाल बीमक संघका अध्यक्ष समेत हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्