दुःख मिटरब्याज पीडितकाः खुलामञ्चमा धकेलाधकेल [फोटोफिचरसहित]

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याज पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याज पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ  ।

उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो ।

‘मिटरब्याजलाई कारबाही गर, मिटरब्याजको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानून निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्