डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ चयन

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएका छन्।

एसोसियसनको शुक्रबार चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ।

अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ , उपाध्यक्षमा महालक्ष्मी बिकास बैंकका बोधराज देवकोटा सचिवमा सिन्धु विकास बैंकका राम कुमार गिरी र कोषाध्यमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा चुनिएका छन्।

यस्तै, सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका डा. इन्द्र कट्टेल निर्वाचित भएका छन्।

एसोसिएसनको १७औं वार्षिक साधारण सभाले आव २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आव २०७९/०८० को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।

अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड-१९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फीति लगायतका कारणले बैंकिङ क्षेत्र निकै नै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद दिँदै सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्