मध्यपश्चिम विश्वविद्यालय : स्ववियु निर्वाचन स्थगित

समाचार बिज
  • ख-
  • ख+

सुर्खेत । चैत्र ३ गतेका लागि तोकिएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । मंगलबार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट  वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म  स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारि गरेको छ।

‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्चद अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतका सुचना अधिकारी सराेजनीधि वाग्लेले चैत ८ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको राताेपाटीलाई जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्