ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी

समाचार बिज
  • ख-
  • ख+

पोखरा । ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले गत असार महिनादेखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्दै आएका बुढाथोकीलाई चैत १ गतेदेखी कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शात्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीे सँग करिव डेड दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बैंकिङ क्षेत्रको लामो अनुभव संम्हालेका बुढाथोकीले ग्राहक, शेयरधनी तथा निमयनकारी निकायहरुको चाहना तथा नीति निर्देशन बमोजिम बैंकको सेवा बिस्तार गरी बैंकलाई थप उचाइमा पु¥याउने बैंकले विश्वास लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्