गोगन माविको ५५ औ वार्षिक उत्सव सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नम्बर ३२ मा अवस्थित श्री गोगन माध्यमिक विद्यालय को ५५ औ बार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार बितरण समारोह सम्पन्न गरेको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्य बिद्यालय कास्की जिल्लामा उत्कृष्ट ५ भित्र पर्न सफल भएकोमा बधाई दिनुभयो र महानगर ले छिट्टै एक बिद्यालय एक नर्स कार्यक्रम ल्याउन लागेको र बिधालयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो साथै बिधालयका बि.ब्य.स अध्यक्ष हालसालै शिक्षक कल्याणकारी कोष,कास्की बाट सम्मानित हुनुभएकोमा बधाई तथा प्रशंसा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथिका रूपमा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी प्रदेश का पूर्व सांसद तथा अर्थ बिकास समितिका सभापति दिपक कोइराला र पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । बि.ब्य.स अध्यक्ष श्री मेघराज पौडेलले स्वागत मन्तब्य राख्दै १८५३ बिद्यार्थी हरू अध्ययन गर्ने बिद्यालय लाई शैक्षिक हवका रूपमा विकसित गर्न महानगरको साथ र सहयोगको अपेक्षा गर्नु भएको थियो भने बिधालयको आर्थिक प्रतिबेदन प्र.अ श्री नारायण प्रसाद बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पछिल्लो एक बर्षको मूल्याङ्कनमा उत्कृष्ट हुने शिक्षक कर्मचारीहरू ः पूर्व प्र.अ डम्मर प्रसाद पौडेल, लक्ष्मीनाथ भट्टराई, जनार्दन आचार्य, कुलदीप तिवारी, राधा देवी रेग्मी, अजय घिमिरे, रेनु गुरुङ्ग र सूर्य प्रसाद श्रेष्ठ हरूलाई सम्मान गरिएको थियो । लामो समय सम्म बिधालयमा अध्यापन गराई अनिवार्य अवकाश हुने भएका पूर्व प्र.अ चन्द्रावती पौडेल र शिक्षक सुरेश राज ढकाललाई बिदाई स्वरूप कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रम संचालन शिक्षकद्वय बिनोद भन्डारी , बिध्या कुमारी आचार्य र बिद्यार्थी श्री प्रतिक थापाले संचालन गर्नु भएका थिए ।

बिधालयका बि.ब्य.स अध्यक्ष श्री मेघराज पौडेल ज्यूको अध्यक्षतमा सम्पन्न भएको थिया

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्