
मकवानपुर । बागमती प्रदेश सभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचनका लागि माघ २ गते ३ बजेको समय तोकिएको छ ।
प्रदेशसभाको उपसभामुखका लागि आजै मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उपसभामुखका लागि शुक्रवार साँझ ६स्३० देखि ७ बजेसम्म मनोनयन दर्ताको समय तोकेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।
प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईँले उम्मेदवारी दिने तय भएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौंडाले जनाएको छ ।
त्यस्तै कांग्रेसबाट उपसभामुख पदका लागि सुना परियार उम्मेदवार बन्ने निश्चित भएको कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताए । त्यसैगरी उपसभामुख पदका लागि नेमकिपाकाबाट गीता काफ्लेले उम्मेदवारी दिने भएकी छिन् ।