सर्वाधिक रूचाईएको ‘भिभो वाई३५’ स्मार्टफोनका यस्ता छन् विशेषता

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। भिभो टेक्नोलोजी ब्रान्डले केही समय अघि नेपालमा ‘भिभो वाई३५’ सार्वजनिक गरेको थियो, जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो। भिभो वाई सिरिज प्रिमियम विशेषताहरू र शक्तिशाली कार्यसम्पादनका लागि प्रसिद्ध छन्।

भिभो वाई३५ नवीनतम अक्टा–कोर स्न्यापड्रेगन ६८० द्वारा संचालित छ, जुन २.४ गिगाहर्ज घडिको गतिमा चल्छ। यसले ठूला एप्लिकेसनहरू निर्बोध रुपमा कार्य गर्न मद्दत गर्दछ। यो ८जीबीं८जीबी विस्तारित र्यामको साथमा आउँछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने एपहरू सजिलैसँग चलाउन, डाउनलोड गर्न र एकबाट अर्कोमा स्विच गर्न अनुमति दिन्छ। यसमा १२८जीबी रोम रहेको छ जसलाई १टिबीसम्म विस्तार गर्न सकिन्छ।

भिभो वाई३५ मा ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले ब्याट्री नटिक्ने साझा चिन्तालाई कम गर्दछ। यसको एआई पावर–सेभिङ टेक्नोलोजीका कारण एक पटक पूर्ण चार्ज गरेपछि २ दिनसम्म, अनलाइन एचडी भिडियो स्ट्रिमिङ गर्दा १४.३ घण्टा र ग्राफिक्स–इन्टेन्सिभ खेलहरूका लागि ७.०५ घण्टासम्म समर्थन गर्न सक्छ। रिभर्स चार्जिङ सुविधाले तपाईं बाहिर हुँदा अन्य उपकरणहरु पनि चार्ज गर्न सक्नेछन्। फोनमा ४४ वाट फ्ल्यासचार्ज रहेको छ जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा रिचार्ज गर्न अनुमति दिन्छ।

वाई३५ मा ५०एमपी ट्रिपल रियर क्यामेरा छ जसले स्पष्ट र सुन्दर तस्वीरहरू लिन मद्दत गर्दछ। वाई३५ को भिडियो फेस ब्यूटी बोकेह क्यामेरा, मल्टी–स्टाईल पोर्ट्रे सुविधाहरूले प्रत्येक फ्रेमलाई बढाउँछ। दुवै अगाडि र पछाडिको क्यामेरामा सुपर नाइट मोडले कम प्रकाशमा पनि सुन्दर रात्रि दृश्यहरू खिच्न बहु–फ्रेम डिनोइजिङ प्रयोग गर्दछ।

वाई३५ मा प्रभावशाली प्रदर्शन र उत्कृष्ट क्यामेरा बाहेक यसको लुक पनि उत्तिकै आकर्षक छ। यसमा फ्ल्याट फ्रेम र २.५डी कर्भेचर छ। यसमा फ्रोस्टेड एन्टि–ग्लेयर (एजी) सतह रहेको छ जसले फोनलाई स्क्र्याच– र फिंगरप्रिन्ट–प्रतिरोधी बनाउँछ र सुरुचिपूर्ण अनुभव प्रदान गर्दछ। साइड फिंगरप्रिन्ट डिजाइनले पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर स्मार्टफोनहरूलाई अझ मनमोहक बनाएको छ। यसमा फेस वेक सुविधा पनि छ। यो उपकरण एगेट ब्ल्याक र डन गोल्ड कलर भेरियन्टमा आउँछ जसले तपाईंको दैनिक जीवनलाई थप स्पार्क दिन्छ। यसको मूल्य नेपालमा ३० हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्