
काठमाडौं । समय सापेक्ष ग्राहकहरुको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी-युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।
बैंकले पुस १ गते अथात् शुक्रबारबाट औपचारिक रुपमा एससीटी-युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो । बैंकका नायव महाप्रबन्धक लालबहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवाको शुभारम्भ गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालक अधिकृत विकाश ढुंगानालगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी-युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ ।
साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, एयक्प जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।