मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आंशिक सकारात्मक

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अटोमोबाइल क्षेत्रका सन्दर्भमा आंशिक सकारात्मक रहेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बताएको छ । उक्त त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको जोखिम भार घटाउने, प्राथमिक पूँजीको २० प्रतिशतसम्म विक्री गर्न पाउने व्यवस्था, असल वर्गमा वर्गीकरण भएका कर्जाको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था घटाउने प्रावधानलाई सकारात्मक रहेको बताएको छ ।

नाडाले नेपालको अटोमोबाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न नीतिगत सुझाव दिए पनि सुझाव कार्यान्वयन नभएको बताएको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई बंैकबाट ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रक्रियामा ‘लोन टु भेलु रेसियो’ ५० प्रतिशत बढाएर ७५ प्रतिशत पुर्‍याउनुपर्ने, पेट्रोल र डिजेलबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्त्वका सवारीसाधनलाई स्पष्ट रूपमा छुट्याई सोही अनुरूप कर्जा लगानी गर्न सहजीकरण गरिदिनु पर्ने सुझाव नाडाको छ । दम्पतीले सवारीसाधनको रूपमा अटोलोन उद्धारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, सवारीसाधनका लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकलाई नै प्रदान गरिनुपर्ने सुझाव नसमिटिएको नाडाले जानकारी दिएको छ । नाडाले दिएको उक्त सुझाव आउँदा दिनमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुने अपेक्षा नाडाको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्