राष्ट्रिय सभामा कांग्रेसको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाया मनोनित

समाचार बिज
  • ख-
  • ख+

नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई मनोनित गरेको छ ।

रोकाया कर्णालीबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । रोकाया कर्णालीका कांग्रेस महामन्त्री समेत हुन् । उपसभापति पूर्णबहादुर खड्का निकट उनी कांग्रेस-माओवादी गठबन्धन हुँदा राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

कांग्रेस सभापति शेरबहादु रदेउवाले राष्ट्रिय सभामा दलको नेतामा कृष्णप्रसाद सिटौलालाई यसअघि नै मनोनित गरिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्